काठमाडौं : साउन महिनाको आगमनसँगै मेहेन्दीको रौनक बढेको छ । शहरका मुख्य चोक तथा भित्री गल्लिहरुमा पनि मेहेन्दी लगाउनेको भीड लाग्न थालेको छ । साउन महिनामा व्रत बस्दै हरियो चुरा, हरियो पहिरन र मेहन्दी लगाउने परम्परा छ । भर्खरका किशोरीदेखि युवतीसम्म, वर्षभरि गृहस्थीमा व्यस्त हुने गृहिणीदेखि बुढेसकालमा टहलिरहेका बृद्धाहरुसम्म, सबै साउनको महिनामा हरियो चुरा र मेहन्दीमा रंगिन चाहन्छन् ।
धार्मिक मान्यता अनुसार साउन महादेव शिवको महिना पनि हो । त्यसैले यो महिना भक्तजनहरु भगवान शिवको पूजा आराधाना गरी व्रत बस्ने गर्छन् । हिन्दू परम्परा अनुसार साउन महिनाभरि चोखो खाने, हप्ताको प्रत्येक सोमवार व्रत बस्ने चलन बर्षौदेखि चल्दै आएको हो । साउनमा विवाहित महिलाले शिव भगवानको व्रत बसी श्रीमान्को दिर्घायूको कामना गर्छन् भने अविवाहित महिलाले शिव जस्तै वर पाउ भन्ने विश्वासमा व्रत बसेका हुन्छन् भन्ने मान्यता विभिन्न शास्त्र र बुद्धिजीविको छ ।
हेर्नुहोस् तस्बिरमा
तस्बिर: नबिन श्रेष्ठ