ADVERTISING

Breaking News

सुनको मूल्य तोलाको ९२ हजार ४ सय पुग्यो

काठमाडौं : नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुनको मूल्य प्रति तोला नौ सय रुपैयाले बढेर ९२ हजार चार सयमा कारोवार भएको हो । त्यस्तै तेजाबी सुनको मुल्य प्रति तोला ९१ हजार ९ सय ६५ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा कायम भएको यो मुल्य अहिलेसम्मकै उच्च हो । यसअघि असार १७ गते सुन तोलाको सबैभन्दा बढी ९१ हजार ७ सय रुपैयाँ कायम भएको थियो । हिजो पनि सुन हिजो तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगो भएकाले नेपालमा पनि महङगो भएको हो । कोरोनाका कारण अस्थिर बनेको सुनको केही घटन बढने भइरहेको छ । चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको ९ सय ८५ रुपैयाँ पुगेको छ ।

leave a reply