ADVERTISING

Breaking News

आन्तरिक राजनीतिक मामिलामा विदेशीको भूमिका अस्वीकार्य : प्रवक्ता श्रेष्ठ

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्तरिक राजनीतिक मामिलामा विदेशीको भूमिका स्वीकार्य नहुने बताएका छन् । आज दिउँसो ट्वीट गर्दै उनले सार्वभौमसत्ता सम्पन्न देशको नाताले आन्तरिक विषयमा नेपाल आफै निर्णय गर्न सक्षम रहेको बताएका हुन् ।

उनले नेपालको आन्तरिक राजनीतिक परिवेश र पक्षहरुमा कुनै पनि विदेशी शक्तिको प्रभाव वा दखल रहेको भनेर गरिने चर्चाहरुमा सत्यता नरहेको दावी पनि गरेका छन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा चीनको प्रभाव रहेको भन्दै भारतीय सञ्चारमाध्यमले समाचार प्रशारण गरेपछि प्रवक्ता श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो ।

पार्टीभित्र आन्तरिक विवाद चुलिएको समयमा नेपालका लागि चिनिया राजदूत होउ यान्छीले आइतबार नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग उनकै निवासमा भेट गरेकी थिइन् ।

leave a reply