ADVERTISING

Breaking News

गण्डकी प्रदेशमा थपिए १६ कोरोना संक्रमित

काठमाडौं : गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ६ जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको हो । संक्रमण पुष्टि हुनेमा ७ जना नवलपरासी देवचुलीका छन् । तिमध्ये पाँच पुरुष र दुई महिला रहेका छन् ।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिकाका २ पुरुषमा पनि संक्रमण पुष्टि भएको हो । म्याग्दीको रघुगंगाका दुई र मंगला गाउँपालिकाका एक जना पुरुषमा पनि संक्रमण भेटिएको छ । बाग्लुङको बरेङ र ढोरपाटनमा एक–एक जना संक्रमित भेटिएका छन् ।

त्यस्तै स्याङ्जा र तनहुँमा २ जनामा कोरोना भेटिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ७९ पुगेको छ । २ सय ९६ जना संक्रमण मुक्त भएर घर फर्केका छन् । तीन जना संक्रमितको मृत्यु भएको भएको छ ।

leave a reply