काठमाडौ । एक साता देखि चलेको नागरिक शान्ति सभा शुक्रबार समापन भएको छ । राष्ट्रिय स्वाधीनता, सह–अस्तित्व तथा सुशासनका लागि काठमाडौँमा जारी उपत्यकाव्यापी नागरिक सांस्कृतिक शान्ति पदयात्रा काठमाडौको बसन्तपुर पुगेर टुंगिएको छ । नागरिक आवाज नाम दिइएको पदयात्राको उद्देश्य शान्ति, सद्भाव र सह–अस्तित्वको स्थापना गरी मुलुकलाई समृद्धितर्फ उन्मुख बनाउनु रहेको छ । कोरोना भाइरसको संक्रमणले नागरिक आक्रान्त भइरहेको बेला सरकार भने भ्रष्टाचारमा लिप्त भएको पदयात्रामा सहभागीहरुले आरोप लगाएका छन् ।
पदयात्रामा सहभागीहरुले नागरिकले अस्वीकार गरेको भन्दै अमेरिकी सहयोग परियोजना एमसीसीलाई राष्ट्रघातीको भएको भन्दै कुनैपनि हालतमा लागू गर्न नहुने पनि बताएका छन । उपत्यकाका नेवार गुठी स्वायत्तताको मागको मर्म विपरीत गुठी विधेयक सुझाव समिति गठन गरेकोमा पनि अभियन्ताहरुको आपत्ति छ । उनीहरुले स्मार्ट सिटी, फास्ट ट्रयाक, बाह्य चक्रपथ आयोजनाको समेत विरोध गर्दै आएका छन ।
हेर्नुहोस् तस्बिरहरु
तस्बिर: नबिन श्रेष्ठ