ADVERTISING

Breaking News

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

काठमाडौं : सुनको मूल्य आज फेरि बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलामा पाँच सय पाँच रुपैयाँले बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज कायम भएको सुनको मूल्य अहिलेसम्मकै उच्च हो । यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर ९ सय ४५ रुपैयाँमा कारोबार भएको छ । दुई महिनाभन्दा बढी कारोबार बन्द भएर गएको जेठ २५ गतेदेखि बजार खुलेको सुनको मूल्यमा दिनदिन ैजसो रेकर्ड बनिरहेको छ ।

लकडाउनका कारण बन्द भएपछि खुलेको बजारमा नयाँ मूल्य तोकिँदा तोलामा १० हजार ४ सय रुपैयाँ बढेको थियो । लकडाउन हुनु अघिल्लो दिन चैत १० गते सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

leave a reply