ADVERTISING

Breaking News

बर्नलीलाई पाँच शुन्यले हराउँद म्यानचेष्टर सिटीको शानदार जीत

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले बर्नलीलाई पाँच शुन्यले परजित गरेको हो । सिटीका लागि फिल फोडेन र रियाद महरेजले दुई–दुई गोल गरे । यस्तै डेविड सिल्भाले एक गोल गरे । सिटीको यो जितले लिभरपुलको चाँडै नै उपाधि पक्का गर्ने यात्रा केही पर धकेलिएको छ । जितसँगै दोस्रो स्थानको सिटीको जितपछि ३० खेलबाट ६३ अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको समान खेलबाट २० अंक बढी रहेको छ । लिभरपुलको ३० खेलमा ८३ अंक रहेको छ । ११ औँ स्थानको बर्नलीको ३० खेलबाट ३९ अंक रहेको छ ।

लालिगा

सेभिल्ला स्पेनिस लालिगाको तेस्रो स्थानमा उक्लिएको छ । गएराति भिल्लारियलसँग दुई दुईको बराबरी खेल्दै सेभिल्ला तेस्रो स्थानमा पुगेको हो । खेलमा सेभिल्लाका लागि सर्जियो एस्कुडो र मुनिर तथा भिल्लारियलका लागि पाको अल्केसर र पाउ टोरेसले एक–एक गोल गरे । बराबरीको नतिजसंगै सेभिल्लाले ५३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । भिया रियल ४८ अंक सहित छैटौं स्थानमा यथावत छ । लेगानेस र ग्रानाडाले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । लेगानेस २५ अंक सहित तालिकाको १९ औं स्थानमा छ । ग्रानाडा ४३ अंक सहित तालिकाको नवौं स्थानमा छ ।।

सिरी ए

इटालियन सिरी ए फुटबलमा शिर्ष स्थानको युभेन्टसले बोलोग्नालाई हराएको छ । गएराति भएको खेलमा युभेन्टसले बोलोग्नालाई दुई शुन्यले पराजित गरेको हो । युभेन्टसका लागि क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालाले एक–एक गोल गरे । खेलको अन्तिमतिर डानिलो दोहोरो पहेलो कार्ड खाँदै बाहिरिएपछि युभेन्टस दश खेलाडीमा सीमित भएपनि बोलोग्नाले गोल गर्न सकेन । जितपछि युभेन्टसको २७ खेलबाट ६६ अंक भएको छ । जितसँगै युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग ४ अंकको अग्रता समेत लिएको छ । एक खेल कम खेलेको लाजियोको ६२ अंक छ । बेलोग्ना ३४ अंक सहित १० औं स्थानमा यथावत छ । राति नै भएका अरु खेलमा एसी मिलानले लिचेलाई ४–१ले पराजित गरेको छ भने फियोरेन्टिना र ब्रेसियाले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् ।।

leave a reply