ADVERTISING

Breaking News

अविरल वर्षासँगै आएको बाढीले सुख्खा बन्दरगाह र रसुवागढी जलविद्युत आयोजनामा क्षति

रसुवा : अविरल वर्षासँगै आएको बाढीले रसुवाको टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाह र रसुवागढी जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ । अबिरल वर्षासँगै लेन्दे खोलामा आएको बाढी भोटेकोसी नदीमा मिसिदा टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाह र रसुवागढी जलविद्युत आयोजनामा बाढीले नोक्सान पुर्‍याएको हो ।

बाढीले बन्दरगाहमा रहेको एउटा टिपर, एउटा जेसिभी, एउटा लोडर बगाएको जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको छ । बाढीको जोखिममा परेका सुख्खा बन्दरगाहका अन्य ६ वटा सवारीलाई भने सुरक्षित स्थानमा सारिएको छ । बाढीबाट बन्दरगाह निर्माणका लागि कामदार बस्दै आएको आवासमा समेत बाढीले क्षति पुगेको छ ।

त्यस्तै सुख्खा बन्दरगाह नजिकै रसुवागढी जलविद्युत आयोजनामा जाने पुलमा समेत क्षति पुगेको छ । रसुवागढी जलविद्युत आयोजनाको बाँध समेत बाढीले भत्काएको छ ।

आयोजना निर्माणमा प्रयोग हुने केही उपकरण समेत बाढीले बगाएको छ । बाढी गएको क्षेत्रमा सशस्त्र प्रहरीको टोली खटाएर उद्दारको काम भैरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

leave a reply