ADVERTISING

Breaking News

ब्राजिलमा एकै दिन करिब ५४ हजार संक्रमित थपिए

कोरोना भाइरस संक्रमित बढी हुने विश्वको दोस्रो देश ब्राजिलमा एकै दिन करिब ५४ हजार संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा संक्रमितको संख्या १० लाख नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा कुल संक्रमितको संख्या १० लाख ३२ हजारभन्दा बढी पुगेको छ । यस्तै ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पनि लगातार बढी रहेको छ । एकै दिन १२ सयभन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म ब्राजिलमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४९ हजार ९० पुगेको छ । विज्ञका अनुसार ब्राजिलमा महामारीले उच्च तह पार गर्न अझै केही हप्ता लाग्ने छ । ब्राजिलका गरिब तथा आदिवासी समुदाय महामारीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । कोरोना भाइरस महामारी नियन्त्रणमा असफल भएको भन्दै त्यहाँको सरकारको गम्भीर आलोचना हुँदै आएको छ ।

leave a reply