ADVERTISING

Breaking News

स्वास्थ्य सामग्री खरिदमा फेरी ८ करोड ३४ लाख भ्रष्टाचार ! हेर्नुहोस् भिडियो

काठमाडौं : ओम्नी गु्रपलाई स्वास्थ्य सामग्री खरिद गर्न दिएर अनियमितता गरेको स्वास्थ्य सेवा विभागले फेरी अर्को विवादास्पद निर्णय गरेको छ । कानुनी प्रावधानको ठाडो उल्लघंन गर्दै विभागले बढी मुल्य प्रस्ताव गर्ने कम्पनीलाई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा दिएको छ ।

हेर्नुहोस् भिडियो :

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गर्दै आएको स्वास्थ्य सेवा विभागले पुन करोडौं रुपियाँ अनियमितता हुने गरी निर्णय गरेको छ । विभागले अहिले ५१ करोड ८३ लाख रुपैयाँ मुल्यको सामग्री दुई चरणमा खरिद गर्न लागेको छ । त्यसका लागि स्वास्थ्य विभागले आह्वान गरेको बोलपत्रमा कम मूल्य प्रस्ताव गर्ने कम्पनीभन्दा ८ करोड ३४ लाख रुपैयाँ बढी मूल्य प्रस्ताव गर्ने कम्पनीलाई सामग्री खरिद गर्ने जिम्मा दिएको छ । सार्वजनिक खरिद ऐनको ठाडो उल्लघंन गरी बढी मूल्य प्रस्ताव गर्ने कम्पनीलाई सामग्री खरिद गर्न किन दिएको भन्ने हाम्रो प्रश्नमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डाक्टर रमेशकुमार खनाल जवाफ नदिइ पन्छिए ।

स्वास्थ्य सेवा विभागले एक लाख ५० हजार आरटी पिसिआर किट (रियल टाइम पिसिआर किट) र एक लाख ५० हजार आरएनए एक्स्ट्रयाक्सन किट खरिद गर्न ओम सर्जिकल कन्सर्न प्रालिलाई २४ करोड ८१ लाखमा ठेक्का दिएको छ । प्रतिस्पर्धामा रहेका अन्य ११ कम्पनीले ओम सर्जिकलभन्दा सस्तोमा किट उपलब्ध गराउने प्रस्ताव गरेका थिए ।

सामग्री खरिद गर्न स्वास्थ्य सेवा विभागले २०७७ जेठ ११ गते वोलपत्र आवहान गरेको थियो । जस अन्तर्गत मेसीन खरिदमा ७ वटा र पिसिआर खरिदमा १४ वटा कम्पनीले टेन्डर हालेका थिए । तर सबैभन्दा सस्तो हाम्रो बालाजी जेभीले १६ करोड ४७ लाख र त्यसपछि फेयर ट्रेड प्रालिले १६ करोड ९९ लाख ५० हजारमा किट उपलब्ध गराउने प्रस्ताव गरेका थिए । तर, विभाग र स्वास्थ्य मन्त्रालयको रोजाइमा झन्डै आठ करोड ३४ लाख बढी मूल्य प्रस्ताव गरेको ओम सर्जिकल नै पर्यो । त्यस्तै २७ करोड २ लाख मेसीन किन्ने जिम्मा जनमुक्ती हेल्थ ईन्टरप्राईजेज कम्पनीले पाएको छ । तर विभागका पदाधिकारीहरु हाम्रो क्यामेरा अगाडी बरु जागीर जावस तर यो विषयमा नबोल्ने भन्दै भागाभाग नै गरे ।

सार्वजनीक खरिद ऐन २०६३ को दफा २५ को उपदफा १ मा कम मूल्य प्रस्ताव गर्ने कम्पनी वा संस्थालाई बोलपत्र निर्धारण गरि खरिद गर्न दिनु पर्छ भन्ने उल्लेख छ । तर स्वास्थ्य सेवा विभागले यसको ठिक उल्टो बढी रकम अङ्क कबुल गर्ने बोलपत्रलाई स्वास्थ्य सामग्री खरिद गर्न दिएको छ । ओम्नी गु्रपलाई स्वास्थ्य सामग्री खरिद गर्न दिएर अनियमितता गरेको स्वास्थ्य सेवा विभागले फेरी पिसिआर खरीदमा अर्को अर्को अनियमितता गरेको छ ।

leave a reply