ADVERTISING

Breaking News

रुपन्देहीमा बञ्चरो प्रहर गरी बाबुले गरे छोराको हत्या

रुपन्देही : रुपन्देहीको कन्चन गाउपालिकामा बञ्चरो प्रहार गरी बाबुले छोराको हत्या गरेका छन् । कन्चन गाउँपालिका वडा नम्बर एकका रिमबहादुर कुमालले १७ वर्षीय छोरा सुजित कुमालको हत्या गरेका हुन् ।

गएराति घरमा सुतिरहेको अवस्थामा घरायसी झगडामा बाउले छोरालाई बञ्चरो प्रहार गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

बञ्चरो प्रहारबाट घाइते सुजितको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । रिम बहादुरलाई पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ ।

leave a reply