ADVERTISING

Breaking News

भारतमा दाङका एक युवकको मृत्यु, शव नेपाल ल्याएर परीक्षण गर्दा कोरोना पोजेटिभ

काठमाडौं : भारतमा मृत्यु भएका दाङका एक पुरूषमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । घोराही उपमहानगरपालिका १८ अम्वापुरका ६० वर्षीय पुरूषको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।

भारतको राजस्थानमा मजदूरी गर्दै गएका ती पुरूषको बिरामी भएर तीन दिनअघि नयाँ दिल्लीमा मृत्यु भएको थियो । अन्तिम संस्कारका लागि दाङ ल्याएपछि आशंका लागेर स्वाब परीक्षण गरिएको थियो ।

सो क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । उनको शव नेपाल ल्याउने कार्यमा संलग्नको पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

leave a reply