ADVERTISING

Breaking News

जनता समाजवादी पार्टीको नेतृत्व टुंगो लाग्यो

काठमाडौं : राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बन्न लागेको जनता समाजवादी पार्टीको नेतृत्व टुंगो लागेको छ । एकीकृत पार्टीको संघीय परिषद्को अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्षमा महन्त ठाकुर र उपेन्द्र यादव रहने सहमति जुटेको हो ।

जनता समाजवादी पार्टीको नेतृत्वको वरीयतामा ठाकुर पहिलो, भट्टराई दोस्रो, उपेन्द्र यादव तेस्रो, अशोक राई र राजेन्द्र महतो क्रमशः चौथो र पाँचौ स्थानमा वरिष्ठ नेता कायम रहने गरी सहमति जुटेको हो ।

नेतृत्वमा सहमति जुटेसँगै जनता समाजवादी पार्टी दर्ताका लागि नेताहरु निर्वाचन आयोग जाने तयारी गरेका छन् । दुई दलले वैशाख १० गते राति एकताका लागि सैद्धान्तिक सहमति गरेका थिए । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि दुई दलले हतारमा पार्टी एकताको सैद्धान्तिक घोषणा गरेका थिए ।

त्यसको भोलिपल्ट अर्थात ११ गते नेताहरु निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र आयोगमा विवरण बुझाउनुपर्छ ।

leave a reply