ADVERTISING

Breaking News

विश्वभर कोरोना संक्रमितको संख्या ५७ लाख १५ हजार नाघ्यो

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५७ लाख १५ हजार नाघेको छ । संक्रमणबाट ३ लाख ५३ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । अमेरिकामा १७ लाख २६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । अमेरिका पछि संक्रमितको संख्या ब्राजिलमा बढी रहेको छ । त्यहाँ संक्रमितको संख्या ३ लाख ९४ हजार नाघेको छ भने २४ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । रुसमा संक्रमितको संख्या तीन लाख ७० हजार नाघेको छ भने तीन हजार ९ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । भारतमा एशियाकै सर्वाधिक संख्यामा कोरोना संक्रमित भेटिएका छन् । भारतमा संक्रमितको संख्या एक लाख ५३ हजार नाघेको छ भने ४ हजार ३ सय ६५ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा पनि संक्रमितको संख्या ५९ हजार १ सय नाघेको छ । त्यहाँ १ हजार २ सय २५ जनाले ज्यान गुमाएका छन् । बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट हालसम्म बेलायतमा ३७ हजार,, इटलीमा ३२ हजार ९ सय, स्पेनमा २७ हजार १ सय र फ्रान्समा २८ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर २४ लाख ५४ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।।

leave a reply