काठमाडौं : नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत/पशुपञ्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।