ADVERTISING

Breaking News

सिमानाका भएर आउने मजदुरहरुलाइ प्रदेश सरकारको सहयोग

धनगढी ११ जेष्ठ , सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गौरीफन्टा नाका भएर नेपाल भित्रिएका करिब दुई हजार मजदुरहरुलाइ स्वास्थ सामाग्री वितरण गरेको छ । भारत का विभिन्न शहर बाट नेपाल फर्किएका उनिहरुलाइ मास्क, सेनिटाईजर लगायतका स्वास्थ सामाग्री वितरण गरेको हो ।
यो संगै उनिहरुलाइ पानी, चाउचाउ समेत वितरण गरेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए।
सुदूरपश्चिम फाउन्डेसनसँगको सहकार्यमा र प्रदेश सरकारको सहयोगमा सीमाबाट भित्रिएका उनिहरुलाइ मेकिडल मास्क, सेनिटाईजर लगायतका स्वास्थ समाग्री वितरण गरेको फाउन्डेसनका अध्यक्ष भरत शाहले बताए ।

प्रदेश सरकारले यस अघि पनि सिमानाका मा अलपत्र परेकाहरु लाइ नेपाल भित्र्याइरहेको थियोे ।भारतबाट फर्केका उनिहरुलाइ स्वास्थ परिक्षण गरि नेपाल भित्र्याइए पनि हाल भने प्रदेश सरकार संग किट अभावका कारण स्वास्थ परिक्षण बिना नै नेपाल भित्र्याउनु पर्ने बाध्यता रहेकोे सामाजिक बिकाश मन्त्री कृष्णराज सुवेदीले बताए । सरकारले यसरी भित्रिए का नागरिक हरुलाइ संबंधित गाउँपालिका र नगरपालिकाका क्वारेन्टाइनमा राखेर स्वास्थ जाच गर्ने वयवस्था गरेको समेत मन्त्री सुवेदी जानकारी गराएको छ ।

leave a reply