ADVERTISING

Breaking News

कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण, पुनः परीक्षणका लागि नेपालगञ्ज पठाइयो

काठमाडौं : कर्णाली प्रदेशमा थप पाँच जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थप पाँच जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जानकारी दिएको छ । वीरेन्द्रनगरस्थित खुलामञ्चको क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

बाँके बर्दिया र सुर्खेतको नाका बबईमा शनिवार गरिएको आरडीटी परीक्षणमा पोजेटिभ आएका ११ जना मध्य पाँच जनाको पीसीआर परीक्षण गरिएको हो । रिपोर्ट पोजेटिभ आएपछि उनीहरुको स्वाब पुन परीक्षणका लागि नेपालगञ्ज पठाइएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

पाँचै जना भारतबाट आएका ब्यक्तिहरु भएको बताइएको छ । यसअघि कर्णालीमा चार जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित सबैको कोरोना विशेष अस्पताल कालागाउँको आइसोलेशनमा उपचार भइरहेको छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित बढेपछि प्रदेश विपद व्यवस्थापन समितिले केन्द्रीय विपद व्यवस्थापन समिति र नेपाल सरकारसँग भारतीय सीमा नाकामै परीक्षणको व्यवस्था मिलाउन माग गरेको छ ।

leave a reply