भारत : भारतमा एकै दिन ५ हजार छ सय जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्म दैनिक पुष्टि भएको सर्वाधिक संख्या हो । यो सहित भारतमा संक्रमितको कुल संख्य १ लाख छ हजार नाघेको छ । भारतमा एशियामै सर्वाधिक संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार भारतले संक्रमितको संख्यामा चीनलाई पनि उछिनेको थियो । भारतको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ५ हजार ६ सय ११ जनामा कोरोना भाइरस पुष्टि भएको जनाएको छ । अब कुल संक्रमितको संख्या १ लाख ६ हजार ८ सय ८६ पुगेको छ । अहिले भारतमा ६१ हजार भन्दा बढीमा व्यक्तिमा सक्रिय संक्रमण छ । एकैदिन १ सय ४० जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ३ हजार ३ सय ३ पुगेको छ । अहिलेसम्म झन्डै ४२ हजार जना निको भएको बताइएको छ । सरकारले हिँडडुल र व्यापार तथा व्यवसायमा लगाइएको प्रतिबन्ध बिस्तारै खुकुलो पार्न थालेको बेलामा संक्रमणको दर बढेको देखिएको छ । भारतमा अझै कोरोना महामारी उत्कर्षमा पुग्न बाँकी भएको विज्ञहरुले बताएका छन । भारतमा संक्रमितमध्ये ४० प्रतिशत महाराष्ट्रका छन । कोरोना नियन्त्रण गर्न भारतमा लकडाउनको अवधि बढाएर मे ३१ सम्म कायम गरिएको छ । सोमवारदेखि केही आर्थिक गतिविधि सञ्चालन गर्न अनुमति दिइएकोले ठूला सहरमा मानिसहरूको चहलपहल बढेको छ ।
भारतमा एकै दिन ५ हजार छ सय जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि

Post navigation
Posted in: