ADVERTISING

Breaking News

अपहरणको आरोप प्रमाणित भए झुण्डिएर मर्छु – किसान श्रेष्ठ

काठमाडौ । नेकपा सांसद कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले आफु माथि लाग्दै आएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौति दिएका छन । प्रतिनिधिसभाको आजको बैठकमा उनले सांसद अपहरणमा संलग्न भएको प्रमाणित भए सबै सांसदको अगाडि झुण्डिएर मर्न तयार रहेको बताएका हुन । उनले आफुहरुको चरित्र हत्याको प्रयास भएको गुनासो समेत गरे ।
विवादास्पद अध्यादेशसंगै पार्टी फु्टाउने षडयन्त्र अनुसार, प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सांसद डाक्टर सुरेन्द्र यादवलाई सर्लाहीबाट अपहरण गरि काठमाण्डौ ल्याउने काम गरेको भन्दै जनता समाजवादी पार्टीका सांसद डाक्टर बाबुराम भट्टराईले सांसद श्रेष्ठ, महेश बस्नेत र निर्वतमान प्रमुख प्रमुख सर्वेन्द्र खनाल विरुद्ध जिल्ला सरकारी कार्यलय काठमाण्डौमा मुद्दा दर्ता गर्नुभएको छ ।

leave a reply