काठमाडौं : सरकारले कोरोना महामारीको संकटका बेला एक आपसमा निषेधका क्रियाकलाप नगर्न आग्रह गरेको छ । गृह मन्त्रालयले विज्ञप्ती प्रकाशित गर्दै स्वास्थ्यकर्मीमाथी दुर्व्यवहार, स्वास्थ्य सतर्कताका नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने कार्य नगर्न आग्रह गरेको हो ।
त्यस्तै मन्त्रालयले घरभाडामा बसिरहेकाहरुलाई बिना कारण निकाल्नेजस्ता काम भैरहेकोमा समेत ध्यानाकर्षण भएको जनाएको छ । महामारीबाट जोगिन आवश्यक सचेतना अपनाउनुपर्ने भएपनि आवागमनमा बाधा पुर्याउने, स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेजस्ता कानुन विपरीत भएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले काममा बाधा पुर्याउने व्यक्तिलाई कानुन अनुसार कारबाही गर्न पनि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिएको छ ।