ADVERTISING

Breaking News

विश्वभर कोरोना संक्रमितको संख्या ४२ लाख नाघ्यो, २ लाख ८४ हजारभन्दा बढीको मृत्यु

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४२ लाख नाघेको छ । संक्रमणबाट दुई लाख ८४ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० हजार ८ सय नाघेको छ । अमेरिकामा १३ लाख ६८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । पछिल्लो समय रुसमा संक्रमण दर तीब्र रुपले बढेको छ । त्यहाँ एक सातादेखि दैनिक १० हजारभन्दा बढी संक्रमित थपिएका छन् । रुसमा संक्रमितको संख्या दुई लाख २१ हजार नाघेको छ भने दुई हजारभन्दा बढीले ज्यान गुमाएका छन् । संक्रमणबाट बेलायतमा ३१ हजार ८ सय, इटलीमा ३० हजार ५ सय, स्पेनमा २६ हजार ६ सय र फ्रान्समा २६ हजार ३ सयभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै भारतमा संक्रमितको संख्या ६७ हजार नाघेको छ भने २ हजार २ सय १२ जनाले ज्यान गुमाइसकेका छन् । पाकिस्तानमा संक्रमितको संख्या ३० हजार नाघेको छ भने ६ सय ५९ जनाले ज्यान गुमाएका छन् । विश्वभर १४ लाख ८७ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

leave a reply