ADVERTISING

Breaking News

उपप्रधानमन्त्री पोखरेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेटवार्ता

काठमाडौं : संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’का नेपालस्थित प्रतिनिधिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज भेटवार्ता गरेका छन् । राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालरी जुलियाण्ड र डब्ल्यूएचओका प्रनितिधि जोस भ्यालेण्डरले कोरोना भाइरस नियन्त्रणका लागि नेपालले चालेका कदम र पछिल्लो अवस्थाका विषयमा उपप्रधानमन्त्री पोखरेलसँग जानकारी लिएका हुन् ।

भेटमा दुबै निकायले कोरोना नियन्त्रणका लागि नेपाललाई आवश्यक सहयोग गर्ने बचन दिएका छन् । भेटमा उपप्रधानमन्त्री पोखरेलले नेपालको अवस्था र चाल्नुपर्ने आगामी कदमहरुको बारेमा जानकारी गराएका छन् । उनले कोरोना नियन्त्रणका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएको र यसको उचित व्यवस्थापनका लागि आवश्यक सबै प्रवन्ध मिलाएको बताए ।

सिमित स्रोत साधनकाबीच कोरोना नियन्त्रणमा नेपालले गरेको प्रयास, क्वारेन्टाइनमा रहेकाहरुको अवस्था र लक डाउनका कारण अत्यावश्यक सामानको उपलब्धताको विषयमा पनि दुबै निकायले चासो राखेका थिए ।

राष्ट्रसंघ र डब्ल्यूएचओका प्रतिनिधिले क्वारेन्टाइनम रहेका महिला र बालबालिकालाई व्यवस्थित तरिकाले राख्ने र सकेसम्म होम क्वारेन्टाइनमै राख्न सकिने अवस्थाका विषयमा पनि नेपाल सरकारलाई सुझाव दिएका छन् ।

leave a reply