ADVERTISING

Breaking News

चन्द समूहका नेता अनिल शर्मा पक्राउ

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य अनिल शर्मा विरही पक्राउ परेका छन् । उनलाई प्रहरीको टोलीले चितवनबाट आज पक्राउ गरेर हिरासतमा लिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि चितवनको भरतपुरस्थित पुरानो मेडिकल केलजमा भर्ना भएका शर्मालाई प्रहरीले त्यहीबाटै नियन्त्रणमा लिएको हो ।

विरही रमेश रिमालको नाममा विरामी पुर्जी लिएर अस्पतालमा भर्ना भएका थिए । उनलाई के भएको भन्नेबारे केही खुलाइएको छैन । विरही चन्द समूहको प्रकाशन विभाग प्रमुख हुन् ।

leave a reply