ADVERTISING

Breaking News

नवनियुक्त संसद सचिवालयका महासचिव गौतमले लिए सपथ

काठमाडौं : नवनियुक्त संघीय संसदको महासचिव डाक्टर भरतराज गौतमले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज संघीय संसद सचिवालय सिंहदवारमा आयोजित एक कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई शपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, उपाध्यक्ष, संसदिय दलका नेता, सचेतक र समिती सभापतिज्युहरुको समेत उपस्थिती रहेको थियो सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई संघीय संसद सचिवालयको महासचिवमा नियुक्त गरेकी हुन् । गौतमले यसअघि संघीय संसद सचिवालयको सचिव र प्रवक्ताका रुपमा काम गरिसकेका छन् ।

leave a reply