ADVERTISING

Breaking News

भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलँदै

भारत : भारतमा कोरोना संक्रमितको संख्या दैनिक तीव्र गतिले बढ्न थालेको छ । हिजो एकै दिन भारतमा चार हजार संक्रमित थपिएका छन् । एक सय ७५ जनाको मृत्यु भएको छ । सोमबार भएको मृत्यु र संक्रमण भारतमा कोरोना देखिएयताकै सबैभन्दा धेरै हो ।

भारतमा हालसम्म १ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४६ हजार ४ सय नाघेको छ । १२ हजार ८ सय भन्द्या बढी संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएका छन् । त्यहाँ संक्रमितको संख्या १३ हजार पुगेको छ । राजधानी दिल्लीमा पनि ४ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । संक्रमण रोक्न भारतमा जेठ चार गतेसम्म लकडाउन लागू गरिएको छ ।

leave a reply