काठमाडौं : कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ३६ लाख ४५ हजार ५ सय नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ५२ हजार ३ यस नाघेको छ ।
अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ हजार ९ सय नाघेको छ । अहिलेसम्म अमेरिकामा १२ लाख १२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।
संक्रमणबाट इटलीमा २९ हजार, बेलायतमा २८ हजार ७ सय, स्पेनमा २५ हजार ५ सय, फ्रान्समा २२ हजार २ सयभन्दा बढीको ज्यान गइसकेको छ ।
त्यसैगरी, भारतमा कोरोना संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ भने १ हजार ५ सय ६६ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै पाकिस्तानमा संक्रमितको संख्या २० हजार ९ सय ४१ पुगेको छ भने ४ सय ७६ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभर १३ लाख संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।