ADVERTISING

Breaking News

युरोपमा कोरोना संक्रमण घट्दो क्रममा

एजेन्सी : युरोपेली देशहरुमा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा देखिएको छ । तीनै देशमा आइतबार मृत्यु हुनेको संख्या झण्डै दुई महिना यताकै कम देखिएको छ ।

पछिल्लो २४ घन्टामा इटालीमा एक सय ७४, स्पेनमा एक सय ६४ र फ्रान्समा एक सय ३५ जनाको मृत्यु भएको छ । फ्रान्समा ११ मे देखि लकडाउन हटाउने तयारी गरिएको छ । बालबालिका विद्यालय जान पाउने केही व्यापार, व्यवसाय खुला हुने बताइएको छ ।

फ्रान्सका नगर प्रमुखहरु भने लकडाउन हटाउने निर्णयको विपक्षमा छन् । तीन सय भन्दा बढी नगरप्रमुखले लकडाउन अझै लम्ब्याउन आग्रह गरेका छन् ।

स्पेनमा सात सातापछि शनिवारदेखि बयस्क मानिसलाई घर बाहिर निस्कन दिइएको छ । आजदेखि मानिसहरू सार्वजनिक यातायातका साधनमा मास्क लगाएर यात्रा गर्न पाउनेछन ।

त्यस्तै व्यावसायिक कारोबार पनि खुला हुनेछ । आजदेखि इटालीमा लकडाउन खुकुलो बनाउँदैछ । विद्यालय, फिल्म हल र सपिङ मलहरू भने बन्द नै हुनेछन् ।

leave a reply