ADVERTISING

Breaking News

सांसद यादवले मानव अधिकार आयोग पुगेर दिए अपहरणको उजुरी

काठमाडौं : जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

बिहीबार पुल्चोकस्थित आयोग कार्यालय पुगेका डा. यादवले उजुरी दिएका हुन् । यसअघि महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिए पनि दर्ता भएको थिएन ।

leave a reply