ADVERTISING

Breaking News

सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै पत्रकार दीपक पाठक पक्राउ

काठमाडौं : सामाजिक सञ्जालमा जथाभावी लेखेको अभियोगमा प्रहरीले पत्रकार दीपक पाठक पक्राउ गरेको छ । आज बिहान केन्द्रीय साइवर ब्यूरोले पाठकलाई नियन्त्रणमा लिएको हो ।

पत्रकार पाठकले नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई सामाजिक सञ्जालमा आलोचना गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई साइबर अपराधमा म्याद थप्ने प्रहरीले तयारी गरेको छ ।

leave a reply