ADVERTISING

Breaking News

सरकारले गलत नियतका साथ अध्यादेश ल्याएको कांग्रेस लगायत विपक्षी दलको ठहर

नेपाली कांग्रेससहित विपक्षी चार दलले सरकारले गलत नियतका साथ राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको ठहर गरेका छन् । बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको समाजवादी, राजपा र राप्रपाको बैठकले अध्यादेश तत्काल फिर्ता लिन माग पनि गरेका छन् । दुवै अध्यादेश जे नियत र जस्तो समयमा आएको छ, त्यो गलत छ भन्ने सबैको जोड रहेको बैठकपछि नेताहरुले जानकारी दिएका छन् ।

बैठकले सरकारको कदमलाई जनविरोधी बताउँदै नागरिक समाजका अगुवाहरुलाई समेत विरोधमा सहभागी हुन आग्रह गरेको छ । कोरोना भाईरसको संक्रमणका कारण आम जनजीवन अस्तव्यस्त भएको र नागरिकको दुःखप्रति सरकार संवेदेनशील नभएको भन्दै विपक्षीहरुले जनविरोधी कदमविरुद्ध लाग्न सबैसँग अपिलसमेत गरेको छ ।

leave a reply