ADVERTISING

Breaking News

समृद्धि स्कुलमा नयाँ शैक्षिक सत्र १२ गते अनलाइन क्लासमार्फत, भर्ना हुन यसो गर्नुहोस्

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई न्यूनिकरण गर्न देश ३० दिनदेखि लकडाउनमा छ । अत्याआवश्यक सेवा प्रवाह गर्ने कार्यालयहरुबाहेक अन्य सबै कार्यालय, विद्यालय तथा बजारहरु बन्द छन् ।

नयाँ शैक्षिक सत्र बैशाखको पहिलो साताबाटै शुरु हुने भएपनि यस वर्ष लकडाउनका कारण शैक्षिक संस्थाहरु खुलेका छैनन् । जसको प्रत्यक्ष असर विद्यार्थीहरुलाई परेको छ । सोही समस्यालाई मध्यनजर गर्दै काठमाडौंको विनायक बस्ती बालाजुमा रहेको समृद्धि स्कुलले अनलाइन क्लासमार्फत नयाँ शैक्षिक सत्र शुरु गर्ने भएको छ । स्कुलले आफ्ना प्लेग्रुप देखि कक्षा १० सम्मकै विद्यार्थीका लागि बैशाख १२ गते शुक्रबारदेख अनलाइन पढाइ शुरु गर्ने भएको हो ।

लकडाउन जारी रहेपनि विद्यार्थीहरुलाई घर घरमै बसेर पढ्ने वातावरण मिलाउने उद्देश्यले स्कुलले अनलाइन कस्लास सञ्चालन गर्न लागिएको स्कुलका सीईओ तथा प्रधानाध्यापक नरेशप्रसाद श्रेष्ठले जानकारी दिए । ‘जुम’ एपको प्रयोग गरेर भिडियो कन्फरेन्समार्फत विद्यार्थीहरुलाई पढाइने प्रधानाध्यापक श्रेष्ठले बताए । अनलाइन क्लासमार्फत शिक्षकले इन्टरनेट प्रयोग गरेर आफ्नै घरमा बसेर पढाउन मिल्ने र विद्यार्थीहरुले आफ्नै घरमा बसेर पढ्न मिल्छ ।

साथै स्कुलले लकडाउनका कारण हाल विद्यालय खुला नभएका कारण नयाँ भर्ना हुन इच्छुक विद्यार्थीहरुले स्कुलको वेबसाइट www.samriddhischool.edu.np मा गएर फारम भरेर भर्ना हुन सक्ने बताएको छ ।

leave a reply