ADVERTISING

Breaking News

अमेरिकामा आप्रवासीहरुमाथि थप कडाई, ग्रीनकार्डको आवेदनमा दुई महिनाका लागि प्रतिबन्ध

एजेन्सी : अमेरिकाले आप्रवासीहरुमाथि थप कडाई गरेको छ । उसले ग्रीनकार्डको आवेदनमा दुई महिनाका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । ह्वाइटहाउसमा नियमित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेरोजगार अमेरिकीहरुलाई ध्यान दिँदै ग्रीनकार्डमा ६० दिनको प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् ।

यो निर्णयमाथि अधिकारीहरुले मूल्याकंन गरी पछि परिवर्तन गर्न सकिने तर त्यसका लागि देशको अर्थव्यवस्थामा भरपर्ने पनि उनले शर्त राखेका छन् । यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुका लागि लागू हुने भए पनि अस्थायी रुपमा कामका लागि अमेरिका आउनेका लागि भने यो लागू नहुने उनले बताए ।

कोरोना भाइरसका कारण जागीर गुमाएका अमेरिकी नागरिकको रोजगारी सुनिश्चित गर्न यस्तो व्यवस्था गर्नुपरेको उनले बताए । यसैगरी राष्ट्रपति ट्रम्पले अमरिकाका करिब ४० प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने २० राज्य लकडाउन खोलेर अर्थव्यवस्थालाई फेरि चलायमान बनाउने खोजिमा जुटेको बताए ।

leave a reply