ADVERTISING

Breaking News

भारतमा कोरोना संक्रमण बढ्दो क्रममा, मृत्यु हुनेको संख्या ५६९ पुग्यो

भारत : भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढदो क्रममा छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या १७ हजार नाघेको छ । अहिलेसम्म भारतमा १७ हजार ६ सय १५ जनामा संक्रमण भेटिएको छ । मृत्यु हुनेको संख्या ५ सय ६९ पुगेको छ ।

भारतमा एकैदिन कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । नयाँ संक्रमित १ हजार २ सय ५० थपिएका छन । २ हजार ८ सय ५४ जना निको भएर घर फर्केका छन । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र देखिएको छ ।

३ हजार ६ सय भन्दा बढी संक्रमित महाराष्ट्रका छन् । त्यहा दुई सय ११ जनाको मृत्यु भएको छ । दिल्लीमा पनि संक्रमितको संख्या झण्डै दुई हजार पुगेको छ । ४३ जनाको मृत्यु भएको छ । मध्यप्रदेशका करिव १५ सय संक्रमित छन् भने ७० भन्दा बढीको मृत्यु भएको छ ।

leave a reply