ADVERTISING

Breaking News

कोरोना कहर: रामेछापमा खाद्यान्नको अभाव हुने संकेत

रामेछाप कोराना भाइरस नियन्त्रणको लागि लकडाउन बढाउँदै जाँदा रामेछापमा खाद्यान्नको अभाव हुने संकेत देखिएको छ । जिल्लाका बजार केन्द्रका खाद्यान्न पसलहरुमा खाद्यान्न रित्तिदै गएका छन् । खाद्यान्न अभाव हुने स्थिती देखिएपछि जिल्ला बजार अनुगमन समितिले तथ्याङ्क संकलनको काम सुरु गरेको छ । सोही क्रममा पुराना सदरमुकाम रामेछाप बजारमा गरिएको अनुगमनको क्रममा खाद्यान्न भण्डारण अत्यन्त न्युन रहेको पाइएको घरेलु तथा साना उद्योग विकास कार्यालयले जनाएको छ ।

धेरै उपभोक्ताहरुले बन्दको कारण उपभोेग्य सामान नपाइने भन्दै आवश्यक भन्दा बढी सामान जोहो गरेकाले पनि बजारमा खाद्य सामग्री कम भएको हो । अहिले जिल्ला सदरमुकाम मन्थलीमा नै खाद्यान्ह सामाग्रि ढुवानी गर्ने साधनहरु कम चलेका छन् । अझ ग्रामिण बजार र गाउँमा जाने ढुवानी साधनको संख्या अति न्युन छ । त्यसैलेपनि उपभोग्य सामाग्रीको कमि देखिएको छ । रामेछाप जिल्ला खाद्य सुरक्षाको हिसावले निक्कै जोखिमपूर्ण मानिन्छ । आफ्नो उत्पादनले तीन महिना खान पुग्ने मानिसहरुको संख्या पनि जिल्लामा निक्कै कम छ । जिल्ला बाहिरबाट आयात गरेको खाद्यान्न उपभोग गर्नुपर्ने जिल्लाबासीलाई लामो बन्दले प्रभाव पारेको छ

leave a reply