विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १५ लाख ३५ हजार नाघेको छ । तीन लाख ४० हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म संक्रमणका कारण ८९ हजार ८ सयभन्दा बढीको मृत्यु भैसकेको छ । संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १४ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या चार लाख ३५ हजार नाघेको छ । युरोपमा पनि उस्तै अवस्था छ । इटलीमा १७ हजार ६ सय ६९, स्पेनमा १४ हजार ८ सय र फ्रान्समा १० हजार आठ सयभन्दा बढीको मृत्यु भएको छ । त्यसैगरी बेलायतमा ७ हजार १ सय, जर्मनीमा २ हजार ३ सय, नेदरल्याण्डमा दुई हजार २ सय र बेल्जियममा दुई हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन् । इरानमा कोरोना संक्रमणबाट करिव ४ हजारको मृत्यु भएको छ । त्यसैगरी दक्षिण एसियाली मुलुक भारतमा संक्रमितको संख्या ६ हजार २ सय नाघेको छ भने एक सय ८६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ४ हजार ५ सय नाघेको छ भने ६३ जनाको मृत्यु भएको छ ।