एजेन्सी : स्पेनिस क्लब रियल मड्रिडले खेलाडीको तलब २० प्रतिशतसम्म कटौती गर्ने भएको छ । कोरोना संक्रमणका खेल गतिविधि ठप्प भएपछि क्लवले खेलाडीको तलब १० देखि २० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको हो ।
रियलले फुटबल टिम र बास्केटबल टिमका खेलाडीको तलव कटौती गरेको हो । निर्णयलाई खेलाडी, प्रशिक्षक र कर्मचारीले पनि स्वीकार गरेको रियलले जनाएको छ ।
यसअघि नै स्पेनिस क्लवहरु बार्सिलोना, एथ्लेटिको मड्रिडले तलव कटौती गरिसकेका छन् । स्पेनिस लिग मार्चसम्मका लागि स्थगित भएको छ । कोरोनाको प्रभावका कारण लिगले निरन्तरता पाउने या नपाउने भन्ने अनिश्चित छ ।