ADVERTISING

Breaking News

बेलायतका प्रधानमन्त्री जोनसनलाई आईसीयुमा सारियो

एजेन्सी : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पतालको सघन उपचार कक्ष ‘आईसीयु’मा सारिएको छ । कोरोना संक्रमण भएका जोनसनको अवस्था थप जटिल भएपछि उनलाई ‘आईसीयु’मा सारिएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको छ ।

चिकित्सकहरूको टोलीको सल्लाहमा जोनसनको राम्रो हेरचाह भैरहेको कार्यालयले जनाएको छ । आवश्यकता परेको खण्डमा उनी भेन्टिलेटर दिन सकियोस भनेर आईसीयुमा सारिएको चिकित्सकले बताएका छन् ।

५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई आइतवार लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो । महारानी एलिजाबेथलाई पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थाकाबारे अवगत गराइएको बकिंघम राजदरबारले जनाएको छ ।

गत मार्च २७ मा कोरोनाभाइरसको सङ्क्रमण देखिए यता जोनसन एकान्तवासमा बसेका थिए । तर सुधार नआएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो ।

leave a reply