मन्त्रीहरुलाई तोकिएकै समयमा बैठकमा उपस्थित हुन राष्ट्रियसभा अध्यक्षको रुलिङ

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका मन्त्रीहरुलाई राष्ट्रिय सभाको बैठकमा तोकिएकै समयमा उपस्थित हुन रुलिङ गरेका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरु संघीय संसदप्रति उत्तरदायी हुने संविधानले व्यवस्था गरेको उल्लेख गरे ।

उनले सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अगाडि बढाउनु र सदनमा उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीको जिम्मेवारी रहेको बताए ।

अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरुलाई राष्ट्रिय सभाको बैठकमा तोकिएको ठिक समयमा उपस्थित भई सदनमार्फत् जनताप्रति जवाफदेही बन्न रुलिङ गरे ।

उनले लोकतान्त्रिक प्रणालीमा सार्वजनिक जवाफदेहिताको विशेष महत्व हुने बताए ।

leave a reply

Techie