भारतमा फेरि बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए १७ हजार बढी संक्रमित

एजेन्सी : बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३ सय ३६ संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

एक दिन अगाडि भारतमा १३ हजार ३१३ जना कोरोना संक्रमित भएका थिए । हाल भारतमा ८८ हजार २ सय ८४ सक्रिय संक्रमित रहेका समाचारमा जनाएको छ ।

सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको शुन्य दशमलब २० प्रतिशत हो । पछिल्लो एक दिनमा तेह्र हजार २९ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ४९ हजार ५६ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.५९ प्रतिशत रहेको छ ।

कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार नौ सय भन्दाबढीको मृत्यु भएको छ । भारतमा हालसम्म एक अर्व ९६ करोड ७७ लाख डोज खोप लगाइएको छ ।

leave a reply

Techie