गौतमबुद्ध विमानस्थलबाट विज एयरले पनि उडान भर्ने

काठमाडौं : नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ ।

हंगेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको आबुधाबी उडान भर्ने तयारी गरेको हो ।

भैरहवामा विज एयरले एयरबसको ३२१ निओ सिरीजको जहाज सञ्चालनमा ल्याउने योजना बनाएको हो । विजको १ सय ९० सिट क्षमताको जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको हो ।

गत जेठ दुई गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय नियमित उडान भर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले चासो देखाएका छनु ।

जजिरा एयरले यसअघि नै सो विमानस्थलवाट उडान शुरु गरिसकेको छ ।

leave a reply

Techie