स्थानीय तहको चुनावपछि शक्ति सन्तुलनको तस्वीर स्पष्ट : नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको चुनावपछि शक्ति सन्तुलनको तस्वीर स्पष्ट देखिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा बसेको समाजवादीको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले चुनावपछि देखिएको अवस्था, पार्टीको नीति र निर्णयका बोरमा आवश्यक समिक्षा गर्नुपर्ने देखिएको बताएका हुन् ।

अध्यक्ष नेपालले यसअघिको अवस्थाबाट पाठ सिक्दै संभावनालाई प्रयोग र चुनौतीको सामना गर्न बैठकले उचित मागदर्शन तय गर्ने बताए । उनले पार्टीले कुनै पनि नीति तय गर्दा परिस्थितिको बिश्लेषण गर्दै सही निर्णयमा पुग्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

पोलिटब्युरो बैठकले स्थानीय तह चुनावको समीक्षा र आगामी चुनावका लागि आवश्यक रणनीति बनाउने समाजवादीले जनाएको छ ।

पार्टीको केन्द्रीय समिति बैठक शनिबार काठमाडौंमा बोलाइएको छ । समाजवादीले १३ र १४ गते केन्द्रीय परिषदको बैठक पनि बोलाएको छ ।

leave a reply

Techie