वर्षा बाधक बन्दा नेपाल बाहिरियो

काठमाडौं : नेपाल एसीसी महिला टी २० च्याम्पियनसिप क्रिकेटको फाइनलमा पुग्न असफल भएको छ । नेपाल वर्षाको कारण च्याम्पियनसिपको पहिलो सेमिफाइनलबाट बाहिरिएको हो ।

नेपाल र यूएईबीचको खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । खेल रद्द भएसँगै यूएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ ।

नेपाल समूह ‘बी’को उपविजेता र यूएई समूह ‘ए’को विजेता हो । आईसीसीको नियम अनुसार नेपाल बाहिरिएको हो ।

मलेसियामा जारी प्रसितयोगिता अन्तर्ग शुक्रबारको खेलमा यूएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले १९.५ ओभरमा अलआउट हुँदै ८१ रन बनाएको थियो ।

नेपालका लागि अस्मिना कर्माचार्यल ५ विकेट लिइन् भने इन्दु बर्माले ३ तथा सिता रानामगरले २ विकेट लिइन् ।

यूएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाउँदा ओपनर इशा रोहितले १५ रन जोड्न सफल भइन् ।

८२ रनको जवाफी लक्ष्य पछ्याएर ब्याटिङ गर्न मैदानमा उत्रने तयारीमा नेपाल रहेपनि वर्षाका कारण खेल हुन नसकेपछि नेपाल बाहिरिनु परेको हो ।

leave a reply

Techie