अफगानिस्तानका भूकम्प पीडितलाई खाना र आश्रयस्थलको अभाव

एजेन्सी : अफगानिस्तानमा गएको भूकम्पमा बाँचेकाहरूलाई खाना र आश्रयस्थलको अभाव भएको छ ।

बुधबार आएको छ दशमलव एक म्याग्निच्यूडको भुकम्प प्रभावितहरुलाई दैनिक उपभोग्य वस्तुको अभाव देखिएको हो ।

अहिले हजारौँ मानिसहरू छतविहीन अवस्थामा भत्किएकै घरमा बसेका छन । भुकम्प प्रभावित क्षेत्रमा हैजा प्रकोपको भयसमेत रहेको छ ।

अफगानिस्तानमा गएको भुकम्पलाई दुई दशककै सबैभन्दा घातक मानिएको छ ।

भूकम्पले पाक्तिका क्षेत्रमा सबैभन्दा धेरै क्षति पुर्‍याएको छ । सो प्रान्तमा मात्रै झण्डै एक हजार मानिसको मृत्यु भएको छ । तीन हजार मानिस घाइते भएको अनुमान गरिएको छ ।

तालिवानी सरकारले उद्धार कार्य सकिएको जनाएको छ । प्रभावित क्षेत्रमा राहत वितरण पनि भैरहेको बताइएको छ ।

leave a reply

Techie