रुसले ग्यास आपूर्ति कम गरेपछि जर्मनीले आकस्मिक योजनाअन्तर्गत ग्यास सतर्कता स्तर बढायो

एजेन्सी : रूसले जर्मनीलाई ग्यास आपूर्ति कम गरेपछि आकस्मिक योजनाअन्तर्गत ग्यास सतर्कता स्तर बढाएको छ ।

अर्थमन्त्री रोबर्ट हाबेकले जर्मनीमा ग्यासको अभावको अवस्था रहेको बताएका छन् ।

रूसको यूक्रेनविरूद्धको आक्रमणपछि पश्चिमको समर्थनको बदलामा यूरोपेली एकतालाई खलबलाउने उद्देश्यले जर्मनीविरुद्ध ग्यास आपूर्तिलाई हतियारको रूपमा प्रयोग गरेको उनको आरोप छ ।

तत्कालै कुनै कदम नचाले अवस्था झनै विग्रनसक्ने उनको भनाइ छ । अन्य थुप्रै युरोपेली देशहरूजस्तै जर्मनी पनि इन्धनको आफ्नो आवश्यकता पूरा गर्न रूसी ऊर्जा आयातमा अत्यधिक निर्भर रहेको छ ।

leave a reply

Techie