एकीकृत समाजवादीको बैठक आज बस्दै, केन्द्रीय समितिको एजेण्डा तय गरिने

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक आज बस्दैछ । केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नका लागि पोलिटब्यूरो बैठक बस्न लागेको हो ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षाका साथै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन देशभर सञ्चालन गर्ने कार्यक्रम, कार्ययोजना आवश्यक रणनीतिबारे बैठकमा छलफल गरिने बताइएको छ ।

पार्टीको केन्द्रीय समिति बैठक शनिवार काठमाडौंमा बोलाइएको छ । केन्द्रीय नेताद्वारा सम्बन्धित क्षेत्र, प्रदेशमा संगठनको अवस्था, सङ्गठन विस्तारको कार्ययोजनाबारे प्रस्तुत गरिने बैठकमा मुलुकको समसामयिक अवस्थाबारे पनि छलफल हुनेछ ।

समाजवादीले चुनावसम्म गठबन्धनलाई कायम राखेर तालमेल गर्ने तथा पार्टीले आफ्नै शक्तिका आधारमा एक्लै निर्वाचनमा सहभागी हुने विषयमा पनि छलफल गर्नेछ । समाजवादीले १३ र १४ गते केन्द्रीय परिषदको बैठकपनि बोलाएको छ ।

leave a reply

Techie