नेपाल स्टार्टअप फेस्ट शनिबार हुँदै

काठमाडौं : नेपाल उद्योग परिसंघले आगामी शनिवार काठमाडौंमा नेपाल स्टार्टअप फेस्ट आयोजना गर्ने भएको छ ।

परिसंघको युवा उद्यमी मञ्चले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेस्ट आयोजना गर्ने बताएको हो ।

स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरुलाई व्यवसायमा ल्याउने विश्वासका साथ महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।

स्टार्टअप फेस्टमा छनोट भएकामध्ये दश वटा प्रश्तावलाई प्रश्तुती गर्ने अवसर दिइनेछ भने पुँजी लगानीको अवसर पनि दिने आयोजकले बताएको छ ।

मेलामार्फत करिव पचास करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरिने पनि आयोजक परिसंघले बताएको छ ।

leave a reply

Techie