एसपीपीमा सहभागी नहुने नेपालको निर्णयको चीनले गर्‍यो प्रशंसा

काठमाडौं : चीनले स्टेट पार्टनरसिप प्रोग्राम ‘एसपीपी’ मा सहभागी नहुने नेपाल सरकारको निर्णयको प्रशंसा गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चिनयिङले नेपाल सरकारको निर्णयको प्रशंसा गरेका हुन् ।

उनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षामा चीनले सधैँ सघाउने पनि बताए ।

प्रवक्ता चुनइङले नेटोलाई चिनियाँविरुद्ध गलत सूचना नफैल्याउन, विवाद निम्त्याउने गरी रणनीतिक मार्ग निर्माण नगर्न र नयाँ शीतयुद्ध ननिम्त्याउन पनि चेतावनीसमेत दिए ।

चिनयिङले अमेरिकी नेताहरुले प्रजातन्त्रलाई व्यक्तिगत र समूहगत फाइदाका लागि प्रयोग गर्ने र अमेरिकी साम्राज्यवादको पक्षपोषण गर्ने हतियारका रुपमा प्रयोग गरेको आरोप पनि लगाए ।

leave a reply

Techie