ओली सरकारले एसपीपी अघि बढाएर राष्ट्रघात गरे: दाहाल

आगामी निर्वाचन जीवन मरणको लडाइँ भएको उल्लेख

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एसपीपी स्विकृत गर्ने काम केपी ओली नेतृत्वको तत्कालीन सरकारले नै गरेको घाम जत्तिकै छर्लङ भएको दावी गरेका छन । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा उनले ओली प्रधानमन्त्री र रक्षामन्त्री भएको समयमा एसपीपीमा सहमति गरेको पत्र भेटिएको भन्दै ओलीले राष्ट्रघात गरेको बताएका हुन । अध्यक्ष दाहालले ओली गुटले सत्तारुढ गठबन्धनले सो सम्झौता अघि बढाए जसरी प्रचार गरेर झूट र बेईमानी गरेको आरोप लगाए ।
अध्यक्ष दाहालले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले लेखेको पत्रका आधारमा पनि तत्कालीन प्रधानमन्त्री एवम् रक्षामन्त्री ओली एसपीपी स्वीकृतमा संग्लन भएको पुष्टि हुने बताए । अध्यक्ष दाहालले निर्वाचन जित्नका लागि लोकप्रिय नेताहरु तय गर्ने काममा लाग्न कार्यकर्तालाई सचेत गराए ।
स्थानीय तहको निर्वाचनमा लोकप्रिय उम्मेदवार नभएकै कारण कतिपय ठाउँमा हार व्यहोर्नु परेको दाहालको भनाइ थियो । आगामी संघ र प्रदेशको निर्वाचन जीवन मरणको लडाई भएकाले तयारीमा जुटन निर्देशन पनि दिए ।

leave a reply

Techie