मन्त्री हेरफेर कार्यान्वयन नहुँदा एकीकृत समाजवादीमा असन्तुष्टि, अध्यक्ष नेपालद्वारा देउवा र दाहालसँग परामर्श

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै छलफल गरेका छन् । देउवा नेतृत्वको सरकारमा रहेका आफ्ना मन्त्रीहरु हेरफेर गर्न सक्रिय रहेका नेता नेपालले बिहीबार बिहान सत्ता साझेदार दुई दलका नेतासँग छुट्टाछुट्टै छलफल गरेका हुन । नेपालले कोटेश्वरस्थित निवासमा आएका माओवादी अध्यक्ष दाहालसँग मन्त्रिपरिषद पुनर्गठन हुनुपर्ने बताएका हुन । त्यसबारे प्रधानमन्त्रीसँग छलफल गर्ने आश्वासन दाहालले दिएका छन । त्यसलगत्तै प्रधानमन्त्रीसँगको भेटमा नेपालले मन्त्रि फेर्न पार्टीभित्रवाट दवाव आएको भन्दै निर्णय कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन । नेकपा एकीकृत समाजवादीले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन सिफारिस गरिसकेको छ । तर, प्रधानमन्त्री देउवाले भने पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै सो पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।

leave a reply

Techie