प्रधानमन्त्री देउवाको आश्वासन- प्रज्ञा प्रतिष्ठानलाई आर्थिक सहयोग हुन्छ, नयाँ ढंगले चलाउनुपर्छ

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई मध्येनजर गर्दै सरकारले सहयोग गर्ने बताएका छन् ।

बिहीबार नेपाल प्रज्ञा– प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले मुलुकको भाषा, साहित्य र संस्कृति प्रवर्द्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडी बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुने पनि बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी आर्थिक वर्षको लागि प्रज्ञा–प्रतिष्ठानको बजेट घटाएर पठाएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

नेपाल प्रज्ञा– प्रतिष्ठानको संरक्षकसमेत रहेका मन्त्री आलेले प्रज्ञा–प्रतिष्ठानले थुप्रै साहित्यिक कामहरु र रचनाहरु प्रकाशित गर्ने गरेको उल्लेख गर्दै थप कृति र रचनाको प्रकाशन गर्नका निम्ति बजेटको माग समेत गरे ।

leave a reply

Techie